नियम १५
प्रश्नको निर्माण
(१) आयोगले परीक्षाको लागि प्रश्नको निर्माण गर्दा सम्बन्धित विषयका दक्ष वा विशेषज्ञद्वारा गराउनु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम प्रश्नको निर्माण गर्ने दक्ष वा विशेषज्ञलाई सम्बन्धित विषयको पाठ्यक्रम, नमूना प्रश्न, प्रश्न निर्माण निर्देशिका र अन्य आवश्यक विवरण समेत गोप्य रुपले उपलब्ध गराउनु पर्नेछ ।
(३) कुनै पदको पाठ्यक्रममा भौगोलिक, ऐतिहासिक, आर्थिक, राजनैतिक, कानूनी, वैज्ञानिक, अन्तर्राष्ट्रिय गतिविधि आदि विभिन्न क्षेत्रहरू समावेश भएकोमा त्यस्तो पाठ्यक्रम अनुसार प्रश्न निर्माण गर्दा सबै क्षेत्र समावेश हुने गरी सम्भव भएसम्म सम्बन्धित क्षेत्रका दक्ष
वा विशेषज्ञद्वारा निर्माण गर्ने व्यवस्था मिलाउनु पर्नेछ ।
(४) कुनै एक विज्ञापन बमोजिम हुने परीक्षाको लागि सामान्यतया प्रत्येक विषयको पाँच सेट प्रश्नपत्र निर्माण गर्नु ,गराउनु पर्नेछ ।
(५) आयोगको वार्षिक कार्यतालिका अनुसार रिक्त पदको माग प्राप्त हुने समय र प्रश्नपत्र भण्डारमा मौज्दातको अवस्था समेतलाई दृष्टिगत गरी प्रश्न निर्माण गराउनु पर्नेछ ।